धरान । पवित्र साउन महिना सुरु भएसँगै धरानको भानुचौक र आसपासका चुरा तथा मेहन्दीको पसलमा चहलपहल उल्लेखनीय रूपमा बढेको पाइएको छ । भगवान शिवको आराधनाका लागि विशेष मानिने साउन महिनाले बजारमा धार्मिक र सांस्कृतिक उत्साह थपेको भए पनि व्यापारीहरू भने व्यापारिक मन्दीको चिन्ताबाट मुक्त हुन सकेका छैनन् ।
हिन्दू धर्मअनुसार साउन महिना भगवान शिवको विशेष पूजा–आराधना गर्ने पवित्र समय मानिन्छ । विशेषगरी साउनका सोमबार विवाहित तथा अविवाहित महिलाहरूले शिव–पार्वतीको पूजा गर्दै व्रत बस्ने, हातमा मेहन्दी लगाउने, हरियो चुरा, पोते तथा हरियो वस्त्र धारण गर्ने परम्परा रहिआएको छ । हरियो रङलाई हरियाली, समृद्धि, सुख, शान्ति र नयाँ जीवनको प्रतीक मानिन्छ भने मेहन्दीलाई सौभाग्य, प्रेम र शुभताको संकेतका रूपमा लिने गरिन्छ ।
धार्मिक उत्साहले बजारमा रौनक थपे पनि व्यापार भने विगतका वर्षजस्तो सन्तोषजनक नरहेको व्यापारीहरूको भनाइ छ । धरानको प्रमुख व्यापारिक केन्द्र भानुचौकबाट बसपार्कलाई वडा नं. ८ को सुन्दर बस्तीमा स्थानान्तरण गरिएपछि बजारको ग्राहक आवागमनमा उल्लेखनीय कमी आएको उनीहरूको गुनासो छ ।
दशकौँदेखि भानुचौकमा चुरा तथा कस्मेटिक व्यवसाय गर्दै आएका ब्यापारीहरुका अनुसार साउनका कारण हरियो चुरा र मेहन्दीको माग बढे पनि त्यसको प्रत्यक्ष लाभ व्यापारमा देखिएको छैन ।
धरान–८ सुन्दर बस्तीकी स्थानीय उपभोक्ता विमला राईका अनुसार साउनमा हरियो चुरा र मेहन्दी लगाउने परम्पराले धार्मिक आस्थासँगै पारिवारिक सुख–समृद्धिको सन्देश बोकेको छ । उहाँले मेहन्दी र हरियो चुरा लगाउनुको पछाडि पति र परिवारको सुस्वास्थ्य, दीर्घायु र वैवाहिक सुखको कामना जोडिएको बताइन ।
साउनका प्रत्येक सोमबार धरानस्थित प्रसिद्ध पिण्डेश्वर बाबा धामलगायत शिवालयहरूमा जल चढाउने भक्तजनहरूको उल्लेखनीय भीड लाग्ने गर्दछ । धार्मिक आस्थाका कारण बजारमा हरियो चुरा, मेहन्दी र अन्य पूजासामग्रीको किनमेल बढे पनि बजार व्यवस्थापन र बसपार्क स्थानान्तरणले स्थानीय व्यवसायीलाई भने आर्थिक रूपमा चुनौती थपेको देखिन्छ । यद्यपि, साउनका सोमबार भक्तजनहरूको चहलपहलसँगै बजारमा पनि व्यापारिक गतिविधि क्रमशः बढ्ने र अवस्था सुधार हुँदै जाने अपेक्षामा धरानका व्यवसायीहरू रहेका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।