धरान । धरान उपमहानगरपालिका–५, ठिंगाबारीस्थित नव ऊर्जा बहुउद्देश्यीय कृषि फर्मले व्यावसायिक ड्रागन फल खेतीमा उल्लेखनीय सफलता हासिल गरेको छ । पाँच वर्षअघि स्थापना भएको फर्मले प्रारम्भिक चरणमा विभिन्न कृषि बालीको परीक्षण गरे पनि पछिल्ला वर्षदेखि ड्रागन फललाई मुख्य उत्पादनका रूपमा अघि बढाएपछि अहिले स्थानीय कृषिको सफल नमुनाका रूपमा स्थापित हुँदै गएको छ ।
एक समय धरानसहित पूर्वी नेपालका उपभोक्ताले ड्रागन फल किन्न काठमाडौं वा भारतबाट आयातित महँगो फलमा निर्भर हुनुपर्ने अवस्था थिया े। अहिले भने धरानमै उत्पादन भएको ताजा, गुणस्तरीय र प्रांगरिक ड्रागन फल सहज रूपमा उपलब्ध हुन थालेपछि उपभोक्ताले प्रत्यक्ष लाभ लिन थालेका छन् ।
ड्रागन फलको मूल्यका कारण पहिले धेरै उपभोक्ता यसबाट टाढा रहने गरेका थिए । धरानमा उउत्पादन नहुदा बाहिरबाट आएको ड्रगन फल बजारमा प्रतिकिलो ६ सय देखि ७ रुपैयासम्ममा खरिद गरेर खानुपर्ने अवस्था रहेकोमा अहिले वन ऊर्जा कृषि फर्ममा सस्तोमै उपलब्ध भएपछि उपभोक्ताको आकर्षण बढेको छ ।
धरान–८ का उपभोक्ता गणेशप्रसाद रेग्मीले पहिले महँगो मूल्य तिरेर पनि धेरै दिन राखिएको फल किन्ने बाध्यता भएपनि अहिले भने आफ्नै आँखाअगाडि बोटबाट टिपिएको ताजा फल उचित मूल्यमा पाइरहेको मात्र हैन स्थानीय स्तरमै उत्पादन भएको यो फलले स्वास्थ्यसँगै खर्च पनि बचाएको बताउनुभयो ।
फर्मका सञ्चालक सूर्य लिम्बुले परम्परागत खेतीको तुलनामा बजारमा उच्च माग भएका फलफूल खेतीबाट कम क्षेत्रफलमै राम्रो आम्दानी लिन सकिने बताउनुभयो । ड्रागन फल एकपटक रोपेपछि २०–२५ वर्षसम्म उत्पादन दिने भएकाले यसमा लगानी गर्ने निर्णय गरेको बताउनुभयो ।
फर्ममा रासायनिक विषादीको प्रयोग नगरी प्रांगारिक मलमार्फत उत्पादन गरिएकाले फल स्वादिलो, सुरक्षित र गुणस्तरीय रहेको बताउनुभयो । उत्पादन बढ्दै जाँदा स्थानीय बजारसँगै फर्ममै पुगेर फल किन्ने उपभोक्ताको संख्या पनि निरन्तर बढिरहेको उहाँ बताउनुहुन्छ । उहाँले नेपालको मुख्य आयश्रोत कृषि भएपनि कृषिमा क्रान्ति गर्न चाहनेका लागि राज्यले कहिल्यै सहयोग नगरेको गुनासो पोख्नुभयो ।
ड्रागन फलमा प्रशस्त फाइबर, भिटामिन, एन्टिअक्सिडेन्ट तथा विभिन्न खनिज तत्व पाइने भएकाले स्वास्थ्यप्रति सचेत उपभोक्ताको रोजाइ बन्दै गएको छ ।
नव ऊर्जा बहुउद्देश्यीय कृषि फर्मको सफलताले आधुनिक, व्यावसायिक कृषिमार्फत धरानलाई फलफूल उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना थप बलियो बनाएको छ । स्थानीय उत्पादनप्रति बढ्दो विश्वास र उपभोक्ताको प्रत्यक्ष पहुँचले यो फर्मलाई सफल उद्यमको उदाहरणका रूपमा स्थापित गरिरहेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।