धरान ।
खेलकुदको सहरका रूपमा परिचित विद्यालयस्तरीय धरान मेयर कप स्कुल ओलम्पिक फेस्टिवल–२०८३’ को पूर्व सन्ध्यामा अर्थात आज म्याराथुन दौड प्रतियोगिताको आयोजना गरिएको छ ।
विद्यालय तहका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्दै नयाँ प्रतिभाको खोजी तथा दीर्घकालीन रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सोही प्रतियोगिताको प्रचारप्रसार स्वरुप आयोजकले आज विद्यालय स्तरीय म्याराथुन प्रतियोगिताको आयोजना गरेको हो ।
म्याराथुन दौडप्रतियोगितामा विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । सो अवसरमा छात्र तथा छात्रातर्फ प्रथम, द्वितीय तथा तृतीय हुने सहभागी विद्यार्थीहरुले क्रमश ः नगद ५ हजार, ३ हजार र २ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
यो प्रतियोगिता विद्यालयका विद्यार्थीहरुका लागि एउटा उत्सव नै भएकोले सहभागी विद्यार्थीहरुलाई धन्यवाद दिँदै विजेताहरुलाई बधाई तथा शुभकामना दिइएको थियो ।
सो अवसरमा बोल्दै आयोजक धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले अन्तर्राष्ट्रिय ओलम्पिक चार्टरको मापदण्डअनुसार प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्यसहित स्कुल ओलम्पिकलाई निरन्तरता दिने र व्यवस्थित प्रशिक्षण, नियमित प्रतियोगिता तथा प्रतिभा पहिचान कार्यक्रममार्फत अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न पनि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
यस्तै धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले ओलम्पिक स्कुल प्रतियोगिताको प्रचारप्रसार स्वरुप आयोजना गरिएको म्याराथुन दौडले विद्यार्थीहरुमा सकारात्मक ऊर्जा प्रदान गरेको बताउनुभयो ।
धरानले विगतदेखि नै फुटबल, बास्केटबल, भलिबल लगायत विभिन्न खेलमार्फत राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै आएको गौरवशाली इतिहास बोकेको छ । सोही परम्परालाई निरन्तरता दिन विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान र विकासमा केन्द्रित भएर मेयर कप स्कुल ओलम्पिक फेस्टिवललाई पुनः सञ्चालन गरिएको जनाएको हो । प्रतियोगितामा धरानका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी खेलाडीहरूले १० वटा खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, सितोरियो कराते, तेक्वान्दो, उसु, टेबलटेनिस, ब्याडमिन्टन तथा सेपाकताक्रो प्रतियोगितामा समावेश गरिएका छन् । विभिन्न उमेर समूहका छात्र–छात्राको सहभागिताले प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउने विश्वास आयोजकको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।