धरान । खेलकुदको सहरका रूपमा परिचित धरान आगामी असार १० गतेदेखि पुनः विद्यालयस्तरीय खेलकुदको उत्साहमा रमाउने भएको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा धरान खेलकुद मञ्चको आयोजनामा दोस्रो ‘धरान मेयर कप स्कुल ओलम्पिक फेस्टिवल–२०८३’ सञ्चालन हुने भएको हो ।
विद्यालय तहका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्दै नयाँ प्रतिभाको खोजी तथा दीर्घकालीन रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
धरानले विगतदेखि नै फुटबल, बास्केटबल, भलिबल लगायत विभिन्न खेलमार्फत राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै आएको गौरवशाली इतिहास बोकेको छ । सोही परम्परालाई निरन्तरता दिन विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान र विकासमा केन्द्रित भएर मेयर कप स्कुल ओलम्पिक फेस्टिवललाई पुनः सञ्चालन गरिएको हो ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् पहिलो स्थानीय सरकारका तत्कालीन मेयर स्वर्गीय तारा सुब्बाको कार्यकालमा सुरु भएको प्रतियोगिता केही वर्ष विभिन्न कारणले नियमित सञ्चालन हुन सकेको थिएन । यसपटक भने धरान उपमहानगरपालिकाले प्रतियोगितालाई संस्थागत रूपमा निरन्तरता दिँदै पुनर्जीवित गरेको छ । यसले धरानको खेलकुद क्षेत्रलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको आयोजक धरान खेलकुद मञ्चले गरेको छ ।
प्रतियोगितामा धरानका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी खेलाडीहरूले १० वटा खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, सितोरियो कराते, तेक्वान्दो, उसु, टेबलटेनिस, ब्याडमिन्टन तथा सेपाकताक्रो प्रतियोगितामा समावेश गरिएका छन् । विभिन्न उमेर समूहका छात्र–छात्राको सहभागिताले प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउने विश्वास आयोजकको छ ।
प्रतिभावान खेलाडीहरूको खोजी गरी भविष्यका राष्ट्रिय खेलाडी तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको यो प्रतियोगिताले केवल प्रतिस्पर्धामा सीमित नभई अनुशासन, नेतृत्व क्षमता, खेल संस्कृतिको विकास तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने अभियानका रूपमा समेत अघि बढाइएकोले यसलाई निरन्तता दिनुपर्ने धरानका अग्रज पत्रकार हर्षसुब्बाको भनाई छ ।
आयोजकका अनुसार प्रतियोगितालाई दीर्घकालीन योजनासँग जोडिएको छ । आगामी १० देखि १५ वर्षभित्र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय ओलम्पिक चार्टरको मापदण्डअनुसार प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्यसहित स्कुल ओलम्पिकलाई निरन्तरता दिने र व्यवस्थित प्रशिक्षण, नियमित प्रतियोगिता तथा प्रतिभा पहिचान कार्यक्रममार्फत अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने विश्वास आयोजकको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।