one
विज्ञापन

वर्षेनी दोहोरिने फौजी कीराको प्रकोप नियन्त्रणमा प्रभावकारी पहल हुन नसक्दा किसानहरू ठूलो मारमा

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरान उपमहानगरपालिकाले वडा नं. ४, ५, ६ र २० लाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै लगे पनि कृषकले लगाएको बालीमा वर्षेनी दोहोरिने फौजी कीराको प्रकोप नियन्त्रणमा प्रभावकारी पहल हुन नसक्दा किसानहरू ठूलो मारमा परेका छन् । विशेषगरी मकै खेतीमा देखिएको फौजी कीराको आक्रमणले कृषकको पसिना, समय र लगानी सबै खेर जाने अवस्था हुने गरेको छ ।

धरान–६ का किसानहरू विगतका वर्षहरूझैँ यस वर्ष पनि फौजी कीराको समस्याले आजित बनेका छन् । पछिल्ला चार वर्षदेखि निरन्तर बढ्दै गएको प्रकोपका कारण मकै खेतीबाट अपेक्षित उत्पादन लिन नसकेको किसानहरूको गुनासो छ । वैशाखको अन्तिम सातादेखि मकैबालीमा कीराको संक्रमण देखिन थालेपछि अहिले धेरै किसान चिन्तित बनेका छन् ।
स्थानीय कृषक हरिकृष्ण अधिकारीका अनुसार मकै राम्रोसँग हुर्किन थालेपछि उत्पादन र आम्दानीको आशा पलाउँछ, तर केही समयमै फौजी कीराले बोटको गुबोभित्र पस्दै पात र कोमल भाग नष्ट गरिदिएपछि बाली सुक्न थाल्छ । जति औषधि प्रयोग गरे पनि कीरा नियन्त्रणमा आउँदैन । अन्ततः मेहनत र लगानी दुवै खेर जान्छ, उहाँले दुखेसो पोख्नुभयो । मकैमात्र हैन मौसम अनुसार हुने धान, तोरीमा समेत अनेक समस्या आएर दुःख पाउँदा समेत तीनै तहका सरकारले खासै यसको समाधानमा ध्यान नदिएको उहाँको गुनासो छ ।

कृषकहरूका अनुसार फौजी कीराले मकैको गुबोभित्र पसेर मुख्य भाग नै नष्ट गरिदिन्छ । पात खाने, बिरुवा पहेँलो बनाउने र अन्ततः बोट नै सुकाएर मार्ने यसको स्वभावका कारण उत्पादनमा ठूलो गिरावट आउने गरेको छ । बाली गोडमेल गर्ने समयमा नै कीराले आक्रमण गर्दा किसान थप समस्यामा पर्ने गरेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. ६ ले विगतमा कृषकसँग समन्वय गरेर औषधि वितरण तथा प्राविधिक सहयोग गर्दै आएको भए पनि यस वर्ष प्राविधिकसँगको समन्वय अभाव, सीमित बजेट र आवश्यक स्रोतको कमीका कारण समस्या अपेक्षाकृत रूपमा नियन्त्रण हुन नसकेको वडा सदस्य यसोदा सुवेदीले बताउनुभयो । उहाँका अनुसार पानबारी, डाँगी, सतिससाले लगायतका क्षेत्रमा फौजी कीराको प्रकोप उल्लेख्य रूपमा बढेको छ । उहाँले कृषिसम्बन्धी काम गर्ने सरकारी निकायहरुलाई समयसमयमा पानबारीमा लगेर अनुगमन गराइने गरिएको बताउदै पानबारीलाई कृषिपकेट क्षेत्रकै रुपमा विकास गर्ने उद्देश्य रहेका कारण कृषि अनुसन्धानबाट प्राविधिकको टोली ल्याएर समय समयमा माटो परीक्षण गर्ने काम समेत रिएका बताउनुभयो ।

धरानको उत्तरी भेगका यी क्षेत्रहरूमा सयौँ परिवार प्रत्यक्ष रूपमा कृषि पेशामा निर्भर छन् । यहाँ उत्पादन हुने मकै, तरकारी तथा फलफूल धरान बजारसँगै बाहिरी जिल्लासम्म पुग्ने गर्छ । तर वर्षेनी दोहोरिने कीराको प्रकोपले कृषकको आम्दानी घट्नुका साथै कृषि पेशाप्रतिको आकर्षणसमेत कम हुन थालेको स्थानीयहरूको भनाइ छ । उनीहरुले राज्यले अनुदानको आशा नगरेको तर प्राविधिक र समयमै मलकासाथै कृषि बिउविजन सही मूल्यमा राज्यबाट उपलब्ध गराइदिए पुग्ने उनीहरुले बताएका छन् ।

कृषि पकेट क्षेत्र घोषणा गरेर मात्र कृषकको समस्या समाधान नहुने भन्दै किसानहरूले समयमै प्राविधिक अनुगमन, प्रभावकारी विषादीको व्यवस्था, सचेतनामूलक कार्यक्रम र दीर्घकालीन नियन्त्रण योजना लागू गर्न माग गरेका छन् । अन्यथा धरानलाई कृषि उत्पादनको केन्द्र बनाउने लक्ष्य कागजमै सीमित हुने र कृषकको निराशा अझ गहिरिने उनीहरूको चेतावनी छ ।

फौजी कीराको बढ्दो प्रकोपले अहिले धरानका कृषकलाई एउटा गम्भीर प्रश्न सोधिरहेको छ—कृषि पकेट क्षेत्रको घोषणा मात्र पर्याप्त हो कि कृषकको खेतसम्म प्रभावकारी सेवा र संरक्षण पनि पुग्नुपर्छ? किसानहरू भने यसको जवाफ व्यवहारमै खोजिरहेका छन्।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन