२४ जेठ, ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको पाथीभरा केबलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आइतबार बृहत् सद्भाव ¥यालीको आयोजना गरिएको छ ।
‘विकासप्रेमी युवा समाज ताप्लेजुङले आयोजना गरेको ¥यालीमा ताप्लेजुङका स्थानीयवासी, सङ्घसंस्था, स्थानीय सरकारका जनप्रतिनिधि हरूको उल्लेख्य सहभागिता रहेको थियो ।
¥यालीले फुङ्लिङ बजार परिक्रमा गर्दै वीरेन्द्र चोकमा पुगेर सभा समेत गरेको थियो । सभालाई सम्बोधन गर्ने क्रममा बिभिन्न वक्ताहरूले केबलकार परियोजनाले धार्मिक पर्यटनमा प्रवद्र्धनमा, ठुलो टेवा पुराउने रोजगारीको सिर्जना गर्ने, स्थानीय उत्पादनको बजारीकरण लगायत पूर्वाधार विकास तथा अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउने बताएका थिए ।
उनीहरूले केबलकार यातायातको साधन मात्र नभई समग्र क्षेत्रको आर्थिक तथा सामाजिक विकाससँग जोडिएको महत्वपूर्ण पूर्वाधार भएको उल्लेख गर्दै निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।
वक्ताहरूले जलविद्युत्, सडक तथा केबलकारजस्ता विकास आयोजनाले ताप्लेजुङ मात्र नभई कोशी प्रदेश र समग्र देशको आर्थिक समृद्धिमा टेवा पु¥याउने भएकाले विकास निर्माणका कार्यमा अनावश्यक अवरोध सिर्जना गर्न नहुने धारणा व्यक्त गरे ।
अहिले परियोजनाको निर्माण कार्य स्थगन हुन सक्ने चर्चा चलिरहेका बेला निर्माणलाई निरन्तरता दिनुपर्ने मागसहित सद्भाव ¥याली आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।