धरान । नेपालको मौलिक सांस्कृतिक सम्पदामध्ये एक महत्वपूर्ण बाजा धिमे बाजाप्रति पछिल्ला वर्षहरूमा युवापुस्ताको आकर्षण बढ्दै गएको छ । आकर्षण बढेकै कारण धरानको नेवा ः थपु गुथी ( नेवा ः उत्थान संस्था) ले नेवारी बालबालिकालाई निःशुल्क तालिम प्रदान गरेको छ ।
विशेष गरी नेवार समुदायको पहिचानसँग जोडिएको धिमे बाजा धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूमा विशेष महत्वका साथ बजाइने गरिन्छ ।
तर पछिल्लो समय युवा पुस्तालाई पनि यो बाजा बजाउन सिकाउनुपर्छ र पुस्ता हस्तारण गर्नुपर्छ भन्ने अभिप्रायले संस्थाले बालबालिकालाई तालिम प्रदान गरेको हो ।
धिमे बाजा ठूलो आकारको परम्परागत बाजा हो, जसलाई काँधमा झुण्ड्याएर दुवै हातले बजाइन्छ । यसको आकर्षक ध्वनिले जात्रा, पर्व, धार्मिक अनुष्ठान तथा शुभकार्यहरूलाई थप उल्लासमय बनाउने गरेको छ । नेवार समुदायमा धिमे बाजालाई सांस्कृतिक पहिचान र परम्पराको महत्वपूर्ण प्रतीकका रूपमा लिने गरिएकै कारण यो बाजा बजाउने परम्परालाई लोप हुन नदिन तालिमको आयोजना गरिएको नेवा ः थपु गुथीकी उपाध्यक्ष अर्पना प्रधानाङ्गले जानकारी दिनुभयो ।
संस्कृति संरक्षणमा सक्रिय व्यक्तिहरूका अनुसार धिमे बाजा केवल मनोरञ्जनको माध्यम मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सांस्कृतिक सम्पदा हो । पछिल्लो समय विभिन्न संघसंस्था तथा समुदायले धिमे बाजा प्रशिक्षण सञ्चालन गर्न थालेपछि नयाँ पुस्तामा यसको संरक्षण र प्रवद्र्धनप्रति चासो बढ्दै गएको हो ।
धिमे बाजासँगै झ्याली, भुस्या, नगारा तथा ताहजस्ता परम्परागत बाजाहरूको प्रयोगले सांस्कृतिक कार्यक्रमहरूलाई थप आकर्षक बनाउने गरेको छ । सांस्कृतिक अभियन्ताहरूले यस्ता मौलिक बाजा र परम्पराको संरक्षणका लागि स्थानीय तह, समुदाय तथा सरोकारवाला निकायको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै आएका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।