one
विज्ञापन

अत्याधुनिक मनोरञ्जनात्मक ‘फन पार्क’ अहिले पर्यटकहरूको मुख्य आकर्षण.....

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । कोशी प्रदेशकै प्रमुख पर्यटकीय स्थल साँगुरीगढी गाउँपालिकाको भेडेटार पर्यटकीय गन्तव्यको रुपमा विकास हुदै गएको छ । पछिल्लो समय भेडेटारमा रहेको भिस्टा लक्जरी रिसोर्ट एण्ड फन पार्कले समेत आन्तरिक तथा भारतीय पर्यटकहरूलाई लोभ्याउने गरेको छ । आधुनिक पूर्वाधार, साहसिक मनोरञ्जन र प्राकृतिक सौन्दर्यको संगम बनेको यस परियोजनाले कोशी प्रदेशको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको छ ।

निर्माण गरिएको अत्याधुनिक मनोरञ्जनात्मक ‘फन पार्क’ अहिले पर्यटकहरूको मुख्य आकर्षण बनेको हो । कुहिरोले ढाकिएको मौसम र हिमाली दृश्यबीच फनपार्कले पर्यटकहरूलाई रोमाञ्चित बनाउने गरेको छ । बालबालिकाका लागि विभिन्न पिङ तथा साहसिक खेलहरू समेत सञ्चालनमा रहेकाले परिवारसहित पुग्ने पर्यटकहरूको संख्या बढ्दै गएको छ ।
पर्यटकहरु भेडेटारमा रहेका आकर्षक गन्तव्य स्थलमा रमाउने गर्छन् । तर अझ बढी आकर्षित भने उनीहरु त्यहा रहेको स्काई वाक र फन पार्कमा हुने गरेका छन् । उनीहरुले फन पार्कमा रहेका पिङ खेल्दा र स्काइवाकमा हिँड्दा डरसँगै रमाइलो हुने गरेको बताउँछन् ।

भिस्टा लक्जरी रिसोर्ट एण्ड फन पार्कका सञ्चालक राजन केसीले भेडेटारलाई अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनात्मक गन्तव्य बनाउने उद्देश्यले फन पार्क सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले अहिले फन पार्कमा बालबालिका तथा युवायुवतीका साथै पारिवारिक वातावरणमा खेल्न सकिने तीनवटा पिङ निर्माण गरिएको बताउनुभयो ।

उहाँले भेडेटार सुन्दर पर्यटकीय स्थल भएकोले त्यसलाई अझ आकर्षक बनाउन आधुनिक मनोरञ्जनका संरचना थपेका थपेको बताउदै कोशी प्रदेशका साथै भारतको बिहार र पश्चिम बंगालबाट समेत पर्यटक आउने क्रम बढेर गएको बताउनुभयो ।
फन पार्कका अध्यक्ष गोपाल कटुवालले परियोजनामा सुरक्षालाई उच्च प्राथमिकता दिइएको बताउनुभयो । उहाँले संरचनाहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित र मजबुत रहेको बताउदै निर्धक्क भएर मनोरञ्जन लिन सकिने बताउनुभयो ।

होटल एसोसिएसन भेडेटारका संस्थापक विष्णु श्रेष्ठले भिस्टा रिसोर्टको आगमनसँगै भेडेटारको पर्यटनले नयाँ गति लिएको बताउनुभयो । उहाँले यसले धरान, धनकुटा र आसपासका होटल तथा बजारलाई समेत चलायमान बनाएको बताउनुभयो ।

यो टिमले केही बर्ष अगाडि स्काईवाक सञ्चालनमा ल्याएको थियो भने भर्खरैमात्र फनपार्क सञ्चालनमा ल्याएको हो । स्काईवाक र फनपार्क सञ्चालनमा ल्याएपछि भने अझ भेडेटारको चहलपहल अझ बढेको छ ।
पर्यटकहरूको बढ्दो आकर्षण, निजी क्षेत्रको उत्साहजनक लगार्नीले भेडेटारलाई अब आधुनिक र व्यवस्थित पर्यटन गन्तव्यका रूपमा स्थापित गराउँदै लगेको छ । पर्यटन व्यवसायीहरूले आगामी दिनमा यस क्षेत्रलाई कोशी प्रदेशकै प्रमुख चिनारीका रूपमा विकास गर्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन