one
विज्ञापन

केन्द्रीय सचिवालय बैठकमा नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्गप्रशस्त गर्न सुझाव

Article Image

जेठ, १० काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको आजको बैठकमा अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नका जवाफ दिनेछ भने बाँकी नेताहरुले आफनो धारण राख्ने भएका छन् ।
गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । यसैक्रममा
ओलीको बचाउमा लागेका पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेतले आफनो धारणा राखेका थिए ।संकटका बेला नेतृत्वको संरक्षण गर्नुपर्ने उनीहरुको भनाइ थियो ।
बैठकमा धेरैजसो नेताहरुले घुमाउरो शैलीमा अहिलेकै अवस्थामा पार्टीले अघि बढ्न नसक्ने बताएका थिए ।
शनिबार महासचिव पोखरेलसहित, उपमहासचिव योगेश भट्टराई, रघुबिर महासेठ, सचिवहरु छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेल ओलीको विपक्षमा उभिएका छन् । शुक्रबार उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्ष पनि ओलीको विपक्षमै देखिए ।
तर उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्याल भने ओलीको समर्थनमा उभिएका छन् । आज सचिव शेरधन राई, भानुभक्त, ढकाल, खगराज अधिकारी र राजन भट्टराईले धारणा राख्नेछन् ।
हालसम्म धेरैजसो नेताहरुले आलोचना गर्दै केपी ओलीलाई नेतृत्व छाड्न सुझाव दिए पनि ओलीले त्यसलाई इन्कार नै गरिरहेको स्रोत बताउँछ भने आज सबैले बोल्ने क्रम सकिएपछि ओलीले जवाफ दिने कार्यक्रम छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन