one
विज्ञापन

सुनसरीको धरान–५ ठिंगाबारीका दुई दाजुभाइले पशुपालनसँगै सुरु गरेको ड्रागन फल खेती अहिले स्थानीय कृषिको प्रेरणादायी उदाहरण

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । सुनसरीको धरान–५ ठिंगाबारीका दुई दाजुभाइले पशुपालनसँगै सुरु गरेको ड्रागन फल खेती अहिले स्थानीय कृषिको प्रेरणादायी उदाहरण बनेको छ । नव ऊर्जा बहुद्देश्यीय कृषि फर्म सञ्चालन गर्दै आएका कृषक सूर्य लिम्बु र उनका भाई देवी लिम्बुले नेपाली माटोमै गुणस्तरीय तथा अर्गानिक ड्रागन फल उत्पादन गर्दै विदेशी आयात प्रतिस्थापनको अभियानलाई व्यवहारमै उतारेका हुन् ।

पछिल्लो समय स्वास्थ्यप्रति सचेत उपभोक्ताको रोजाइमा पर्न थालेको ड्रागन फल अहिले धरानसहित आसपासका बजारमा उच्च मागमा रहेको छ । दक्षिण अमेरिकाको मेक्सिकोबाट सुरु भएको यो फलको खेती भियतनाम, थाइल्यान्ड हुँदै नेपालसम्म आइपुगेको हो । केही वर्षअघिसम्म विदेशबाट आयात हुने ड्रागन फल अहिले भने नेपाली किसानकै मेहनतले स्थानीय बजारमा सहज रूपमा उपलब्ध हुन थालेको छ ।
धरान–५ ठिंगाबारीस्थित नव ऊर्जा बहुद्देश्यीय कृषि फर्म मा व्यावसायिक रूपमा पशुपालनसँगै आधुनिक र अर्गानिक प्रविधिबाट रेड भेराइटी ड्रागन फल उत्पादन भइरहेको छ । कृषक सूर्य लिम्बुका अनुसार अन्य फलफूल वर्षमा एकपटक वा सीमित सिजनमा मात्रै उत्पादन हुने भए पनि ड्रागन फल भने जेठदेखि कात्तिक–मंसिरसम्म लगातार ९ देखि १० लटसम्म फल्ने भएकाले यसको व्यावसायिक सम्भावना अत्यन्त राम्रो छ ।

उनले अरू फलहरू सिजनमा मात्रै पल्ने भएपनि ड्रागन फल लामो समयसम्म उत्पादन दिने बताए । लिम्बुले यसको बजार अत्यन्त राम्रो भएकोले थोक तथा खुद्रा बजारमा सहजै बिक्री हुने भएकोले स्थानीय बजारमै माग धेरै भएकाले उत्पादन बाहिर पठाउनुपर्ने अवस्था नरहेको बताए ।
उनका अनुसार फर्ममा उत्पादन हुने शत प्रतिशत अर्गानिक रेड भेराइटी ड्रागन अत्यधिक रसिलो, स्वादिलो र ताजा हुने भएकाले उपभोक्ताहरू प्रत्यक्ष फार्ममै पुगेर खरिद गर्ने गरेका छन् । विदेशबाट आउने फलभन्दा स्थानीय उत्पादन धेरै ताजा र गुणस्तरीय हुने भएकाले उपभोक्ताको आकर्षण पनि बढ्दो छ ।
ड्रागन फल स्वास्थ्यका दृष्टिले समेत अत्यन्त लाभदायक मानिन्छ । फर्मले सार्वजनिक गरेको विवरणअनुसार यसमा पर्याप्त मात्रामा क्यालोरी, कार्बोहाइड्रेट, फाइबर र प्रोटिन पाइन्छ । पोषक तत्वले भरिपूर्ण भएकाले यो फल स्वास्थ्यप्रेमी उपभोक्ताको रोजाइमा पर्दै गएको छ ।
कृषक लिम्बुले स्थानीय उत्पादनको प्रवद्र्धनले अर्थतन्त्र बलियो बन्ने विश्वास व्यक्त गर्दै हाम्रै धरानको माटोमा उब्जिएको यो फल आयातित भन्दा कयौँ गुणा ताजा, रसिलो र मीठो हुने बताए । राज्यले स्थानीय उत्पादनलाई प्राथमिकता दिने हो भने किसान पनि आत्मनिर्भर हुने् र देशको अर्थतन्त्र पनि सबल बन्ने विश्वास व्यक्त गरे ।

धरान–५ ठिंगाबारीमा सञ्चालित यो कृषि फर्म अहिले सुनसरी जिल्लाकै अग्रणी कृषि केन्द्रका रूपमा चिनिन थालेको छ । पशुपालनसँगै आधुनिक फलफुल खेतीलाई जोडेर गरिएको यो प्रयासले स्थानीय युवामा कृषि प्रतिको आकर्षण समेत बढाएको छ । कृषिलाई परम्परागत जीविकोपार्जनको माध्यमबाट आधुनिक उद्यममा रूपान्तरण गर्न सकिन्छ भन्ने उदाहरण नव ऊर्जा बहुद्देश्यीय कृषि फर्मले प्रस्तुत गरेर देखाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन