साधारणतया वनभोज रमाइलो, खानपिन र नाचगानका लागि आयोजना गरिने गरिन्छ । तर संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका वडा नं. ३ सिभुवाका नेवारी समुदायले यसपटक वनभोजलाई फरक उद्देश्यका साथ सम्झनालायक बनाएका छन् । रमाइलोभन्दा माथि उठेर उनीहरुले पुस्ता हस्तान्तरण र बसाइँ सराइका कारण टुट्दै गएको नातागत सम्बन्धलाई पुनः जोड्ने उद्देश्य सहित भित्रका ससुराली, मामली, बुढामामली भित्रका माइती चेलीबीच भेटघाट तथा चिनजान कार्यक्रमको आयोजना गरेका हुन् ।
पुस्ता हस्तान्तरणसँगै बसाइँसराइ बढेपछि नजिकका नातेदारसँग समेत चिनजान नहुने अवस्था सिर्जना हुँदै गएको छ । यही यथार्थलाई महसुस गर्दै संखुवासभा जिल्ला अन्तर्गत पाँचखपन नगरपालिका वडा नं. ३ सिभुवाका नेवारी समुदायभित्र पर्ने ससुराली, मामली, बुढामामली तथा माइती चेलीबीच सम्बन्ध सुदृढ बनाउने उद्देश्यले वनभोज कार्यक्रम आयोजना गरिएको हो ।
संखुवासभाबाट बसाइँसराइ गरी धरान तथा धरान बाहिर विभिन्न स्थानमा बसोबास गर्दै आएका नातेदार तथा चेलीबेटीलाई आगामी दिनमा समेट्ने दीर्घकालीन योजनासहित हाल धरानमा रहेका नातेदारबीच आपसी चिनजान गराउने मुख्य उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेवारी समुदायका अग्रज विजयकुमार श्रेष्ठ बताउनुहुन्छ ।
धरान–१६ स्थित तारा स्मृति पार्कमा भेला भएका नेवारी समुदायका नातेदारबीच परिचय आदानप्रदानसँगै खानपिन, नाचगान र आत्मीय भेटघाट भयो । नातेदार नै चिनजान नहुँदा अन्यौलको अवस्था सिर्जना हुने भएकाले विशेषतः यो कार्यक्रम वनभोजको माध्यमबाट चिनजान गराउने उद्देश्यले आयोजना गरिएको नेवारी समुदायकी अग्रज महिला पार्वती ताम्राकार बताउनुहुन्छ । चिनजानको अभावमा भुलबस नाताभित्रै विवाह हुने सम्भावना समेत बढ्दै गएकोले यसको नियन्त्रणका लागि पनि यसखालको कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा ५ वर्षदेखि ९० वर्ष उमेर समूहका महिला तथा पुरुष नातेदारहरु एकै स्थानमा भेला भएका थिए । आफ्नै नाताभित्र परे पनि धरान बसेको यतिका वर्षसम्म चिनजान हुन नसकेका धेरै अनुहारसँग भेटघाट र परिचय भएको धरान निवासी झलक श्रेष्ठले बताउनुभयो ।
संखुवासभामा जन्मिएर विभिन्न समयमा बसाइँसराइ गरी धरानलाई कर्मथलो बनाएका नेवारी समुदायका महिला तथा पुरुष, साथै संखुवासभामै जन्मिएर विवाह बन्धनमा बाँधिएपछि धरान बसोबास गर्दै आएका महिलासमेत गरी सयौँ नातेदारहरुको सहभागिता वनभोज कार्यक्रममा रहेको थियो । यसले आफन्तबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरुले बताएका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।