धरान । जेन–जेड आन्दोलनले अन्य क्षेत्रझैँ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिक ‘रिसर्च फोरम–२०२५’ कार्यक्रम पनि प्रभावित पारेको छ । विगतमा वार्षिकोत्सवकै अवसरमा हुने सो कार्यक्रम यस वर्ष केही महिना ढिलो गरी नोभेम्बर २६ देखि २८ सम्म सम्पन्न भयो ।
कार्यक्रम प्रतिष्ठानका बायोकेमिस्ट्री विभाग प्रमुख प्रा.डा. माधव लम्सालको संयोजकत्वमा सञ्चालन गरिएको थियो । उद्घाटन उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले गर्नुभयो । ‘अनुसन्धान, शिक्षा र स्वास्थ्य क्षेत्रको नवीनतम दृष्टिकोण’ नारासहित आयोजित कार्यक्रममा जेनेभा विश्वविद्यालयका प्रा. लरेन्ट स्पारले मुख्य बक्तब्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका संयोजक प्रा.डा. लम्सालले कार्यक्रमले शिक्षक, विद्यार्थी र चिकित्सकका अनुसन्धानलाई छलफलमार्फत अन्तर्राष्ट्रिय फोरमसम्म लैजान मद्दत पु¥याउने बताउनुभयो ।
त्यसैगरी, स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न यस किसिमका प्रस्तुतीकरण उपयोगी हुने एसिस्टेन्ट प्रोफेसर डा. बसन्त गेलालले बताउनुभयो ।
तीन दिनमा ११३ आरिजिनियल रिसर्च र ५१ पोस्टर गरी १६४ अनुसन्धान प्रस्तुत गरिएका थिए । प्रस्तुतिकर्तामध्ये २६ जना शिक्षक तथा १२५ स्नातकोत्तर र १३ जना स्नातक विद्यार्थी थिए ।
तीन दिन सम्म चलेको उक्त कार्यक्रमका लागि ११३ वटा Original Research तथा ५१ वटा Case Report गरी जम्मा १६४ वटा Abstracts पेश भएको थियो । जसमध्ये ७४ जनाले Poster Presentation गर्नु भएको थियो भने ९० जनाले Oral Presentation गर्नु भएको थियो । Abstracts पेश गर्नेहरुमा २६ जना शिक्षक। लेक्चरर। सिनियर रेसिडेन्ट एवम् १२५ जना स्नातकोत्तर र १३ जना स्नातकमा अध्ययनरत विद्यार्थीहरु रहनु भएको थियो । जसमध्ये Oral Presentation तर्फ UG Students समुहमा श्री उत्सव सिटौला वियजी हुनु भएको थियो भने PG Students समुहमा बायोकेमिष्ट्री विभागका डा. विशाल खत्री विजयी हुनु भएको थियो । यसका साथै Poster Presentation तर्फ UG Students समुहमा श्री रोशन त्वानावसु वियजी हुनु भएको थियो तथा PG Students समुहमा जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभागका डा. निरज निरौला विजयी हुनु भएको थियो । त्यसैगरी Case Report Presentation तर्फ अर्थोडोन्टिक्स विभागका डा. सुशान्त पाण्डे विजयी हुनुभएको थियो । एसिस्टेन्ट प्रोफेसर।सिनियस रेसिडेन्ट समुह तर्फ भने ओरल प्याथालोजी विभागकी डा. नितु जैन विजयी हुनु भएको थियो ।
उत्कृष्ट प्रस्तुति दिनेहरुलाई प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्माले प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभयो । रिसर्च क्षेत्रमा नेपालमै अब्बल मानिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यो कार्यक्रमले रिचर्स क्षेत्रमा थप सहयोग पुगेको बताइएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।