one
विज्ञापन

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण,पाँचथरका स्थानिय बासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

Article Image
Article Image

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर १७ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

वँहाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहेर कार्य गर्दै आईरहेको बताउदै आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । जिल्लाका दुरदराजमा रहेका बस्तीहरुमा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ती परिचालन गर्न र चेतनाको कमीको कारण हुने घटना दुर्घटनालाई नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रमहरु प्रभावकारीरुपमा संचालन गर्न निर्देशन दिनुका साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनको लागी आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेतको उपस्थिती रहेको थियो ।
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय पाँचथर पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्लाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथआ अन्तरक्रिया गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको सभाहलमा भएको फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख घिमिरेले समाजमा शान्ती सुरक्षा कायम राख्न प्रहरी र नागरिक विचको सम्बन्ध सुदृढ बनाई सामुहिक भावनाका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो । वहाँले उपस्थित महानुभावहरुबाट जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रहरीसंगको अपेक्षाका साथै उठेका जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो । कार्यक्रममा नगर प्रमुख काफ्लेले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा स्थानीय सरकारको सदैव साथ र सहयोग रहने बताउनु भयो ।

उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, शिक्षक,नागरिक समाज, संचारकर्मी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक अनिस कुमार कर्ण लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन